देशभर १२७ संक्रमित थपिए, २ जनाको मृत्यु


देशभर १२७ संक्रमित थपिए, २ जनाको मृत्यु

नेपालगन्ज ३० माघ : नेपालमा थप एक २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७०७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार जनाको पीसिआर परीक्षण गर्दा थप एक २७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ११ हजार ६४९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५४ पुगेको छ । हाल ७९ जना क्वारेन्टिनमा रहेकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेकाछन् । भने ६२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३६ जना आइसियु र ११ जना भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २० जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरि कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन् । सुदूरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।