शनिबार देशभर ५७ संक्रमित थपिए


शनिबार देशभर ५७ संक्रमित थपिए

नेपालगन्ज १ फाल्गुन : नेपालमा ५७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । पछिल्लो समय देशभर एक हजार ९ सय जनाको पीसिआर परीक्षण गर्दा थप ५७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ५७ जना कोरोना संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख १३ हजार ५ सय ४९ पुगेको छ । यो अवधिसम्म देशभर एक हजार ६ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । भने पछिल्लो २४ घण्टामा देशभर कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३३ जना उपचारपछि डिस्चार्ज भएका भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । भने हाल ८१ जना क्वारेन्टिानमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, देशभर हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ५६ जना आइसियुमा र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले शनिबार अध्यावधि गरेको तथ्यांकमा उल्लेखछ ।

मन्त्रालयका अनुसार प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा रहेका छैनन् । भने बागमती प्रदेशमा ३० जना आइसियु र १४ जना भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २० जना संक्रमित मात्र आइसियुमा रहेका छन् ।

कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा रहदाँ सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।