नेपालगन्जको स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरिदैँ


नेपालगन्जको स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरिदैँ

नेपालगन्ज १ फागुन : नेपालगन्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच शनिबार नेपालगन्ज उप–महानगपालिकामा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरिन् ।

स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जिआईजेडले गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगन्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठुलो उपलब्धी भएको बताए । उनले सम्झौता अनुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाउने बताए ।

नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकोमा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा ब्यक्त गरिन् ।
यसलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने तयारी छ

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र वडा नम्बर ५ का अध्यक्ष कैफुलवरा जोलाह, कार्यपालिका सदस्य कौशलकुमार धोवी, जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्राविधिक सल्लाहकार सुबास नेपाल लगायतको उपस्थिती थियो ।