कोरोना संक्रमणबाट आईतबार पनि कसैको मृत्यु भएन


कोरोना संक्रमणबाट आईतबार पनि कसैको मृत्यु भएन

नेपालगन्ज २ फागुन : नेपालमा थप एक सय ४ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेकोछ । भने एक हजार ६ सय ४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप कुनै पनि संक्रमितको मृत्यु भएको छैन । यसअघि शनिबार पनि कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको थिएन । हाल ७९ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा एक सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६१ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । भने बागमती प्रदेशमा ३५ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् ।

यता लुम्बिनी प्रदेशमा २० जना मात्र संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले अध्यावधि गरेको तथ्यांकमा उल्लेखछ ।

कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन् । सुदूरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।