नेपालगन्ज ३ फागुन : रोटरी क्लब अफ धुलिखेल र कम्युनिटी सर्भिस सेन्टर बनेपाले भिजन आँखा अस्पताल नेपालगन्जलाई सहयोग गरेकोछ ।
रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष अशोक श्रेष्ठ तथा सेन्टरका अध्यक्ष नकुल गौतमले सहयोग बापत भिजन आँखा अस्पताल नेपालगन्जलाई ५० थान चश्मा हस्तान्तरण गरे ।
रोटरी क्लब अफ धुलिखेल र कम्युनिटी सर्भिस सेन्टर बनेपाले भिजन आँखा अस्पताल नेपालगन्जसंग सहकार्य गरि उक्त चश्मा जेष्ठ नागरिकहरुका लागि निःशुल्क वितरण गर्न प्रदान गरिएको हो ।
भिजन आँखा अस्पतालका तरुणबाबु गौतमले उक्त सहयोग ग्रहण गर्दै आर्थिक अवस्था कमजोर भएका, अतिविपन्न जेष्ठ नागरिकलाई चश्मा निशुल्क वितरण गर्ने बताए ।