देशभर १२२ संक्रमित थपिँदा १ जनाको मृत्यु


देशभर १२२ संक्रमित थपिँदा १ जनाको मृत्यु

नेपालगन्ज ३ फागुन : नेपालमा एक सय २२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि हुदाँ एक जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । जसमध्ये एक हजार ५ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पीसिआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५ सय ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु हुदाँ नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ । भने हाल ७९ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी पछिल्लो २४ घण्टामा एक सय ४४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।