३३६० पीसिआर जाँच्दा थप १०५ जनामा संक्रमण पुष्टि


३३६० पीसिआर जाँच्दा थप १०५ जनामा संक्रमण पुष्टि

नेपालगन्ज ४ फागुन : नेपालमा थप १०५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभर पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने जसमध्ये एक हजार ५८७ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनाको पीसिआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख २३ हजार ९५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार दशेभर मृत्यु हुनेको संख्या २ हजार ५५ जना रहेको छ । हाल ७४ जना क्वारेन्टिइनमा रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । भने यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।