नेपालगन्ज ४ फागुन : नेपालगन्जको बीपी चोकमा बलात्कारका हत्यारालाई कारबाही गर्नुपर्ने बिषयमा खबरदारी गरिएको छ । निष्पक्ष रुपमा बलात्कारका घटनामा सरकारले छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै मङ्गलबार विरोध प्रदर्शन गरिएको हो ।
२०७५ साल साउन ११ गते कञ्चनपुरका निर्मला पन्तको हत्यारा र गत माघ २१ गते बैतडीकी भागिरथी भट्टका हत्यारा सार्वजनिक गर्नुपर्ने बिषयमा आम नागरिक समाज, अधिकारकर्मी, पत्रकार, कानून व्यावसायी तथा युवाहरुले एक्येबद्धता समेत जनाएका छन् ।
गैर सरकारी संस्था महासंघ बाँकेको आयोजना तथा बासको संयोजनमा गरिएको विरोध प्रदर्शनमा बलात्कार विरुद्धको सडक नाटक प्रदर्शन गरिएको थियो । बासमा कार्यरत रविन्द्र बोहोरा, शोभा थापा मगर, तपेन्द्र मलाती र लोक बहादुर घर्तीले नाटक मञ्चन गरेका थिए ।
नाटकमा बलात्कारी समाजमा खुलेआम हिँडेतापनि कानूनी दायरामा ल्याउन नसकिएको तितो यथार्थलाई चित्रण गरिएको थियो ।
सभाका वक्ताहरुले बलात्कारका हत्यारालाई कारवाही नगरेर सरकार मौन बसेकोमा दुःख ब्यक्त गर्दै बत्कारीलाई फासीको सजाय दिनुपर्नेमा जोड दिएका छन् । साथै बलात्कार विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै राजनीतिक नाउमा अपराधिहरुलाई छुट दिँदा बलात्कारका घटनाहरु बढीरहेको उनीहरुको टिप्पणी थियो ।
विरोध सभालाई गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष चन्द्रप्रकाद तिमिल्सेना, सचिव आशिष बर्मा, सदस्य शंकर प्रसाद न्यौपाने, नेपालगन्जका हरित अभियान्ता हेमन्तराज काफ्ले, बासका महासचिव शिव कुमार बर्मा, अधिकारकर्मी रुबी खान, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज ईकाई समितिका पुर्व सभापति तथा बासका सल्लाहकार रुद्र प्रसाद तिमिल्सेना, साहित्यकार दीला शाह, बाल अधिकारकर्मी साहिल अन्सारी लगायतले सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रममा बालबालिकाहरुको सुरक्षा गर, बलात्कारी खबरदार, निष्पक्ष न्याय प्रदान गर लगायतका पर्चा पम्पेट र ब्यानर प्रर्दशन गरेका थिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू