डाक्टरको ओपिडी शुल्क बढ्यो : अनुभव र योग्यताका आधारमा शुल्क लिन पाउने

यस्तो छ बिरामीले तिर्नुपर्ने शूल्कको सूची


डाक्टरको ओपिडी शुल्क बढ्यो : अनुभव र योग्यताका आधारमा शुल्क लिन पाउने

नेपालगन्ज ५ फागुन : नेपाल चिकित्सक संघले अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बद्धि गरेको छ ।

स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को संयुक्त बैठकले आज (बुधबार) बारबाटै लागूहुनेगरि डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

बैठकले ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएका छन् ।

शुल्क बढेको विषयमा जानकारी दिन दुवै संस्थाले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन् ।

यस्तै एमडी/एमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् । डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् ।

यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी/एमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।

डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो । उक्त समयमा हरेक २–२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो । तर, त्यसयता शुल्क पुनरावलोकन भएको छैन । सो समयमा मेडिकल अफिसर अर्थात एमबिबिएस बिडिएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ तोकिएको थियो ।