देशभर १२५ संक्रमित थपिदाँ ९१ जना डिस्चार्ज


देशभर १२५ संक्रमित थपिदाँ ९१ जना डिस्चार्ज

नेपालगन्ज ५ फागुन : नेपालमा बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभर कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा एक सय सय २५ जना ब्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको जनाएको छ । भने हालसम्म एक हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । बुधबारसम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ७२ जना क्वारेन्टिनमा रहदाँ थप ९१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु तथा भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।