नेपालगन्ज ६ फागुन : सरकारले कोरोना भाइरस विरुद्धको थप खोप दुई साता भित्र नेपाल ल्याउने तयारीमा जुटेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोरोना विरुद्धको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले अबको २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिए ।
उनका अनुसार खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई सरकारले अग्रिम रकम समेत बुझाइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो ।
खोप नेपाल आएपछि फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान शुरु हुनेछ । यो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने सरकारको तयारी छ ।
पहिलो चरणमा सञ्चालित खोप अभियानमा गण्डकी र लुम्बिनी प्रदेशमा उत्साहप्रद सहभागिता रहेको मन्त्रालयले जनाएकोछ ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत