देशभर ३ जनाको मृत्यु हुदाँ थप ९६ जनामा कोरोना पुष्टि


देशभर ३ जनाको मृत्यु हुदाँ थप ९६ जनामा कोरोना पुष्टि

नेपालगन्ज ६ फागनु : नेपालमा थप ९६ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ४१ जनाको पीसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ३१ हजार ३ सय ३० पुगेको छ । भने देशभर एक हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेकाछन् ।

यतसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५८ जना पुगेको छ। हाल ७१ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका एक सय ११ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।

हाल देशभर ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा रही उपचाररत रहेका छन् ।