सुशासन नीति कार्यान्वयनमा ल्याउँदै बढैयाताल


सुशासन नीति कार्यान्वयनमा ल्याउँदै बढैयाताल

नेपालगन्ज ६ फागुन : बर्दियाको बढैयाताल गाउँपालिकाले सुशासन नीति–२०७७ निमार्ण गरि कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकालाई सुशासनका क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्न उक्त नीति निमार्ण गरिएको हो ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले स्थानीय तहमा सूचनाको हक, सुशासन र पारदर्शिता अभिबृद्धि र प्रभावकारी सेवा प्रवाह गर्नमा सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाको सुशासन नीति तयार गरेको छ ।

सुशासन ऐन–२०६४ र सुशासन प्रबद्र्धन रणनीति तथा कार्ययोजना –२०७४ अनुसार उक्त नीति तयार गरिएको हो ।

संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको नीतिलाई समुदायस्तरमा नागरिकको सहभागितामा छलफल गरि कार्यन्वयन गर्नका लागि कार्यपालिकाको बैठकबाट पारित गरिएको गाउँपालिका उपाध्यक्ष दीपा गौतमले बताइन ।

Kanti Aarogya Hospital Nepalgunj

उपाध्यक्ष गौतमले पालिकाले गर्ने काममा संस्थाले गरेको प्राविधिक सहयोगप्रति धन्यबाद दिदैँ सुशासन नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिन् । संस्थाले गाउँपालिकाको मानवअधिकार निर्देशिका पनि तयार गरेको छ ।