नेपालगन्ज ६ फागुन : बर्दियाको बाँसगढीमा एक दिने निःशुल्क बालरोग स्वास्थ्य शिविरको आयोजना गरिएकोछ ।
अलस्का रामारोशन मेडिकल हल नेपालगन्ज, एसओएस स्वास्स्थ्य सेवा केन्द्र बर्दिया तथा लायन्स क्लब अफ नेपलागन्ज सेन्ट्रलको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
बालरोग शिविरमा बाँसगढी नगरपालिकाका वडा नम्बर २ देखि ६ वडा कार्यालय तथा बढैयाताल गाउँपालिकाको वडा नम्बर ४ र ५ वडा आसपास रहेका विपन्न परिवारहरु लाभावन्तित भएकाछन् ।
भेरी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विष्णु कुमार थापाद्वारा उक्त शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए ।
बालबालिकाको स्वास्थ्य जाँच गर्नेक्रममा बालबालिकामा भेटिएका स्वास्थ्य सम्बन्धि समस्याका बारेमा बालबालिकाका अभिभावकलाई जानकारी गराइनुका साथै परामर्श गरिएको थियो । डाक्टर थापाले शिविरमार्फत आफूले निःशुल्क सेवा प्रदान गर्न पाउँदा खुसी ब्यक्त गरे ।

अलस्का रामारोशन मेडिकल हलका सञ्चालक सन्तोष शाहको संयोजकत्व चिकित्सक परामर्श सेवा प्रदान गरिएको थियो ।
शाह अनुसार शिविरबाट ७० जना बालबालिकाहरु लाभावन्तित भएका छन् । शिविरमा आएका बालबालिकालाई ३५ हजार बराबरको औषधी निःशुल्क वितरण गरिएको शाहले जानकारी दिए ।
सो शिविरमा ल्याब टेष्ट पनि निःशुल्क प्रदान गरिएको सञ्चालक शाहले जानकारी दिए । शिविरको औषधि खर्चमा केही रकम लायन्स क्लब अफ नेपालगन्जले ब्यहोरेको थियो भने अन्य सबै खर्च एसओएस स्वास्थ्य केन्द्रले गरेको थियो ।
नेपालगन्ज सुर्खेतरोड औधोगिक क्षेत्र अगाडी रहेको रामारोशन मेडिकलले यसअघि आर्दश उमाविका बालबालिकाको स्वास्थ्य जाँच गरेको थियो ।