देशभर ९७ संक्रमित थपिए, बाँकेमा उपचाररत १४ जनामात्र


देशभर ९७ संक्रमित थपिए, बाँकेमा उपचाररत १४ जनामात्र

नेपालगन्ज ७ फागुन : नेपालमा थप ९७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ५८३ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३१ जनाको पीसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ३४ हजार २६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको मन्त्रालयले शुक्रबार अद्यावधि गरेको तथ्यांकमा उल्लेख छ । भने हाल ६८ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी शुक्रबार बेलुकासम्म देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।

यता जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके जिल्लामा निको हुन बाँकी १४ जना मात्र रहेका छन् ।

बाँकेका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालमा ७ जना र होम आइसोलेसनमा रहेका ७ जना गरि जम्मा १४ जना मात्र कोरोना संक्रमित निको हुन बाँकी रहेका हुन् ।