नेपालगन्ज ७ फागुन: भेरी अस्पताल नेपालगन्जले पहिलो पटक आँखा उपचारको सेवा शुरु गरेकोछ ।
यसअघि आँखा उपचारका लागि फुल्टेक्रा आँखा अस्पताल लगायत निजी क्षेत्रबाट खोलिएका आँखा अस्पतालमा जाने गरिन्थ्यो । भेरी अस्पताल आएका विरामीमा आँखा सम्बन्धि समस्या देखिए ती अस्पताल गइ स्वास्थ्य सेवा लिने गरिएपनि यसले सेवाग्राहीलाई झन्झट हुने गरेको थियो । तर, भेरी अस्पताल नेपालगन्जमा आँखा उपचारको सेवा शुरु भएसंगै यो समस्या हटेर गएकोछ ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर प्रकाश थापाले छिट्टै शल्यक्रिया सेवा समेत सञ्चालन गर्ने गरी हाल बहिरङ्ग सेवा मात्रै शुरु गरिएको जानकारी दिए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रबार एक कार्यक्रमकाबीच आँखा उपचार सेवाको शुभारम्भ गरेका हुन् ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत