देशभर जम्मा ५३५ जना सक्रिय संक्रमित


देशभर जम्मा ५३५ जना सक्रिय संक्रमित

नेपालगन्ज ८ फागुन : नेपालमा ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार ५३५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ४८ जनाको पीसिआर परीक्षण गर्दा ८८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ३६ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । भने शनिबार दिउँसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ । हाल ७१ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, देशभर हाल ६४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।