सुर्खेत ८ फागुन : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लू रोग देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसिआर परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको विभागका महानिर्देशक डाक्टर दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।
यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पन्छीमा बर्ड फ्लू देखिएको थियो ।
विभागले बर्ड फ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिइन् ।
रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताइन् ।
यसैक्रममा २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ । साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको छ । विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ