कोरोना विरुद्धको थप १० लाख डोज खोप नेपाल ल्याइदै


कोरोना विरुद्धको थप १० लाख डोज खोप नेपाल ल्याइदै

File Photo

नेपालगन्ज ८ फागुन : कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आईतबार काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इण्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप थप १० लाख डोज खोप आईतबार नेपाल ल्याइदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीबाट एयर इण्डिया विमानमार्फत कोरोना विरुद्धको खोप १० लाख डोज काठमाडौँ ल्याउन लागेको हो ।
सरकारले प्रति एक डोज ४ डलरमा उक्त खोप २० लाख डोज खरिद गरेको हो ।

उक्त सम्झौता अनुसार पहिलो चरणमा १० लाख डोज खोप इन्डियाको विमान मार्फत दिल्लीबाट आईतबार दिउँसो १ः३० बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारले फागुन २३ गतेदेखी सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ ।
सोही अनुरुप आगामी फागुन २३ गतेदेखी ६० वर्ष माथिका जेष्ठ नागरिकलाई उक्त खोप लगाइनेछ ।