आईतबार जम्मा ८० जनामा कोरोना संक्रमण


आईतबार जम्मा ८० जनामा कोरोना संक्रमण

नेपालगन्ज ९ फागुन : नेपालमा आईतबार थप ८० जना ब्यक्तिमा कोरोना संक्रण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार ४ सय ९४ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय २५ जनाको पीसिआर परीक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । आईतबार बेलुकासम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ पुगेको छ । हाल देशभरका क्वारेन्टिनमा ६८ जना रहेकाछन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक २१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर ५२ जना कोरोना संक्रमित आइसियु र १० भेन्टिलेटरमा छन् ।