नेपालगन्ज ९ फागुन : नेपालमा आईतबार थप ८० जना ब्यक्तिमा कोरोना संक्रण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार ४ सय ९४ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय २५ जनाको पीसिआर परीक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । आईतबार बेलुकासम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ पुगेको छ । हाल देशभरका क्वारेन्टिनमा ६८ जना रहेकाछन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक २१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर ५२ जना कोरोना संक्रमित आइसियु र १० भेन्टिलेटरमा छन् ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा