अब हप्ताको तीन बार मेडिकल कलेजमा क्यान्सरको उपचार


अब हप्ताको तीन बार मेडिकल कलेजमा क्यान्सरको उपचार

नेपालगन्ज ९ फागुन : बाँकेमा पहिलोपटक निजी क्षेत्रले क्यान्सर रोग उपचारका लागि सेवा शुरु गरेकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले क्यान्सर उपचार सेवा शुरु गरेको हो ।

मेडिकल कलेजले निश्चित समय निर्धारण गरि क्यान्सर उपचारका लागि ओपिडि सेवा शुरु गरेको छ । हप्तामा तीन बार सन्ध्याकालिन सेवा शुरु गरिएको अस्पतालका प्रशासकीय अधिकृत कुमार अधिकारीले जानकारी दिए ।

‘सुरुवाती चरणमा हामीले क्यान्सरको ओपिडी परामर्श सेवा सुरु गरेका छौं, अधिकारीले भने–‘आईतबार, मंगलबार र बिहीबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञ चिकित्सकबाट परामर्श दिइने छ ।’

बाँकेमै पहिलोपटक निजी क्षेत्रको अस्पतालले क्यान्सर उपचारका लागि सेवा शुरु गरेपछि बाँके लगायत यस क्षेत्रका विरामीले उपचार पाउने भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि क्यान्सरको सिकायतमा बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल वा चितवनको भरतपुर तथा भारतीय अस्पताल धाउनु पर्ने बाध्यता रहेको थियो ।

निजी क्षेत्रबाटै क्यान्सर सम्बन्धि उपचारको सेवा शुरु भएपछि अब त्यो अवस्थाको अन्त्य भएको छ ।

सबै खालको सेवासुविधा भएको मेडिकल कलेज नेपालगन्जमा क्यान्सरको उपचार समेत शुरु भएपछि विरामीलाई अनावश्यक दौडधुप र झन्झटबाट मुक्ति मिलेकोछ ।
मेडिकल कलेजले प्रारम्भिक चरणमा अहिले क्यान्सरका शंकास्पद विरामीको परीक्षण गर्ने काम भइरहेको जनाएकोछ ।

ओपिडी शुरु भएसँगै विरामीहरु आउन थाले पनि क्यान्सरको यकिन गर्ने, दुखाईबढी भएकालाई त्यही खालको औषधि दिने र आवश्यक परामर्श दिने काम भइरहेको अस्पतालका प्रशसकीय अधिकृत कुमार बताउँछन् ।

विरामीको फ्लो बढ्दै गए साताको सातै दिन सेवा दिने तयारी मेडिकल कलेजले गरेको जनाएको छ । यतिबेला फोक्सोमा क्यान्सर, सूर्तिजन्य पदार्थको प्रयोगले नाक, कान र घाँटीको क्यान्सर, त्यस्तै महिलामा पाठेघर, डिम्बासय, आमासयलगायतमा क्यान्सर भएका विरामीहरु धेरै देखिएका छन् ।

स्मरण रहोस् क्यान्सर लाग्दैमा व्यक्तिको मृत्यु हुदैन, समयमै त्यसको पहिचान गरेर उपचार गर्न सकिए क्यान्सर निको हुन्छ र विरामीको ज्यान बच्छ ।