देशभर १२५ संक्रमित थपिँदा ९० जना डिस्चार्ज


देशभर १२५ संक्रमित थपिँदा ९० जना डिस्चार्ज

नेपालगन्ज १० फागुन : नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ५ सय २९ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पीसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल ६६ जना क्वारेन्टिनमा रहेकाछन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज हुदाँ नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरि देशभर हाल ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररतछन् । जसमध्ये ४३ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।