नेपालगन्ज १० फागुन : नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ५ सय २९ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पीसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल ६६ जना क्वारेन्टिनमा रहेकाछन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज हुदाँ नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरि देशभर हाल ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररतछन् । जसमध्ये ४३ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे