नेपालगन्ज ११ फागुन : नेपालमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु हुदाँ थप एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनाको पीसिआर परीक्षण गर्दा थप एक सय १० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा २ लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभर पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ४६ हजार ५ सय ३३ पुगेको छ । भने गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु हुदाँ मृतक संख्या २ हजार ६५ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १०२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जनाएको छ । भने हाल ६५ जना क्वारेन्टिनमा छन् ।
यसैगरी देशभर मङ्गलबार बेलुकासम्म ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररतछन् । जसमध्ये ४६ जना आइसियु र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका एक सय ६५ खोप केन्द्रबाट ४ लाख २८ हजार ९२४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।