सांकेतिक तस्विर
नेपालगन्ज १३ फागुन : बर्दियाको राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरिद गरिएकोछ ।
राजापुर लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र हो । उपसभामुख थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद गरिएको हो ।
खरिद गरिएको उक्त एम्बुलेन्स राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई बजेट विनियोजन गरिएको थियो ।
एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयबासी उत्साहित भएका छन् । एम्बुलेन्स खरिदका लागि स्वास्थ्य चौकी र रेडक्रस उपशाखालाई १०/१० लाखका दरले बजेट विनियोजन गरिएको थियो ।
खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा रहेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले जानकारी दिए ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं