बाँकेसहित १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने


बाँकेसहित १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

नेपालगन्ज १४ फागुन : आगामी चैत २० गते बाँकेसहित पाँच प्रदेशका १२ वटा जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने भएकोछ ।

सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पाँच वटा प्रदेशका १२ वटा जिल्लामा एकैपट हात्तीपाईले विरुद्धको औषधि खुवाउन लागेको हो ।

चैत २० गतेदेखि बाँके, बर्दिया, कैलाली, दाङ, कपिलवस्तु, झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत र बाग्लुङमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय गरेकोछ ।

यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यता बाँकेको नेपालगन्जमा हात्तीपाईले विरुद्धको खोपा अभियान अन्र्तगत २३ वटा वडालाई विभिन्न क्लष्टरमा विभिजित गरिएकोछ । नेपालगन्जमा यसपटक एकलाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।