नेपालगन्ज १४ फागुन : नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ४४ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार शुक्रबार बेलुकासम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ४ जना समावेश गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार ७ सय ७१ पुगेको छ । हाल ७१ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु