पछिल्लो समय ५४ जना डिस्चार्ज हुदाँ ११२ संक्रमित थपिए


पछिल्लो समय ५४ जना डिस्चार्ज हुदाँ ११२ संक्रमित थपिए

नेपालगन्ज १४ फागुन : नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ४४ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार शुक्रबार बेलुकासम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ४ जना समावेश गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार ७ सय ७१ पुगेको छ । हाल ७१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।