देशभर शनिबार ४८ जनाले कोरोना जिते


देशभर शनिबार ४८ जनाले कोरोना जिते

नेपालगन्ज १५ फुगन : नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा २ हजार ८ सय २४ जनाको पीसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ६० हजार ४ सय ४ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७३ पुगेको छ । हाल ६२ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।