रामारोशन मेडिकलद्वारा २४ जना बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच


रामारोशन मेडिकलद्वारा २४ जना बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज १५ फागुन: नेपालगन्जमा शनिबार आयोजित एक दिने निःशुल्क बालबालिकाको स्वास्थ्य जाँच शिविर सम्पन्न भएकोछ ।

नेपालगन्जको औधोगिक क्षेत्र अगाडी रहेको ओलास्का रामारोशन मेडिकल हल, प्रयास फाउण्डेशन र नेपालगन्जको चर्चित सामाजिक सञ्जालको ग्रुप नेपालगन्ज ग्यालरीको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

उक्त शिविरमा प्रयास फाउण्डेशनले शैक्षिक गुणस्तर सुधार गर्न अतिरिक्त कक्षा लगायत चाहिने शैक्षिक सामाग्री समेत व्यवस्थापन गर्दै आईरहेका (६ देखि १४ वर्षसम्मका) २४ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

भेरी अस्पताल नेपालगन्जका बाल रोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाले बालबालिकाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

बालबालिकाको निः शुल्क स्वास्थ्य जाँचका क्रममा उनीहरुमा सिजनल रुघा खोकी, रगतको कमी, माइगे्रन, कुपोषण लगायतका समस्या देखिएको डाक्टर थापाले जाकारी दिए ।

नेपालगन्ज शहरभित्रै बालबालिकामा समेत विविध कारणले स्वास्थ्यको पहुँचमा पुग्न नसकिरहेको अवस्थामा निःशुल्क स्वास्थ्य जाँचले उनीहरु लाभावन्तित भएका छन् ।

स्वास्थ्य जाँचबाट टाढा रहेका बालबालिकालाई नियमित स्वास्थ्य जाँचको पहुँचमा ल्याउन आवश्यक रहेको बालरोग विशेषज्ञ डाक्टर थापाको भनाई छ ।

शिविरमा विभिन्न औषधी कम्पनीले निःशुल्क औषधी सहयोग गरेको अलास्का रामारोशन मेडिकलका सञ्चालक सन्तोष शाहले जानकारी दिए ।

प्रयास फाउण्डेशनका संस्थापक सन्ध्या शाह ठकुरीले यसखाले शिविर समयसापेक्ष गर्दै जानुपर्ने बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिइन ।

यस्तै नेपालगन्जको चर्चित सामाजिक सञ्जाल नेपालगन्ज ग्यालरीका समीरमान श्रेष्ठले यसखाले सामाजिक अभियानमा आफूहरु सदैव तत्पर र अग्रसर रहिआएको बताए ।
अलास्का रामारोशन मेडिकल हलले समयसापेक्ष नियमित जसो निःशुल्क स्वास्थ्य जाँच गर्दै आएकोछ ।