पाँच दिनमा ८८ करोड


पाँच दिनमा ८८ करोड

नेपालगन्ज: बलिउड चलचित्र केशरीले पाँच दिनमा करिब ८८ करोड भारु कमाई गरेकोछ । अभिनेता अक्षय कुमार अभिनित उक्त चलचित्रले वक्स अफिसमा पाँच दिनमा उक्त रकम कमाएको हो ।

चलचित्र रिलिज भएको पहिलो दिन बिहिबार २१ करोड भारू कमाइ गरेको थियो भने शुक्रबार १७ करोड कमाउँदा शनिबार भने २० करोड कमाएको भारतीय संचारमाध्यमले जनाएका छन् । वक्सअफिसमा सिनेमाको कमाइ अझै उत्साहजनक छ । यस्तै सिनेमाले आइतबार २२ करोड भारू कमायो । सोमबार ८ करोड बढिको कमाइ गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

दर्शकहरूले सिनेमालाई रूचाइरहेकाले यसको कमाइले निर्मातालाई राम्रै मुनाफा दिने अनुमान छ । । सिनेमाले सय करोडको आँकडा सजिलै पार गर्ने बताइएको छ । सिनेमामा अक्षय कुमार तथा परिणिति चोपडा मुख्य भूमिकामा रहेका छन् । सिनेमालाई भारतमा, त्यो पनि विशेषगरी उत्तरी भारतका दर्शकहरूले विशेष रूचाएका छन् ।

सिनेमा ‘सारागढीको युद्ध’मा आधारित ऐतिहासिक सिनेमा हो । भारतमा यस वर्ष रिलिज भइसकेका सिनेमा मध्ये केशरीले सबैभन्दा ठूलो ब्यापार सुरूवात छ । करण जोहरले निर्माण गरेको यस सिनेमाका निर्देशक अनुराग सिंह हुन् । भने, सिनेमा संसारभरका कुल ४२०० पर्दामा रिलिज भएको छ ।