७८ संक्रमित थपिदाँ ८२ जना डिस्चार्ज


७८ संक्रमित थपिदाँ ८२ जना डिस्चार्ज

नेपालगन्ज १६ : नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पीसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ६२ हजार ९ सय ३६ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७४ पुगेको छ । हाल ६८ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।