सर्वाजनिक सवारीमा भ्रष्टाचार बिरुद्धको स्टिकर टाँसियो


सर्वाजनिक सवारीमा भ्रष्टाचार बिरुद्धको स्टिकर टाँसियो

नेपालगन्ज १६ फागुन : भ्रष्टाचार विरुद्ध काम गर्दै आएको बासले नेपालगन्जबाट देशका विभिन्न स्थानमा चल्ने एक सय बढी सवारी साधनमा भ्रष्टाचार बिरुद्धको स्टिकर टाँस गरेको छ ।

बास केन्द्रीय कार्यालय नेपालगन्ज र आर्शिवाद पेन्ट्सले तयार पारेको भ्रष्टाचार बिरुद्धको जनचेतनामुलक स्टिकर बस तथा हाईसमा टासिएको हो ।

नेपालगन्जदेखि काठमाण्डौं, पोखरा, बिराटनगर, बिरगञ्ज, बुटवल, कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, अछामको साफँेबगर तथा बाँके जिल्लामा सञ्चालित नगरबसमा सो सन्देशमुलक स्टिकर टाँस गरिएको बासले जनाएकोछ ।

म भ्रष्टाचार बिरोधी हुँ, भ्रष्टाचार सहन्न सदाचार बिर्सन्न, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, म घुस लिन्न म घुस दिन्न लगायत नारा अंकित स्टिकर टाँस गरिएको हो ।

स्टिकर टाँस अभियानमा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, बासका केन्द्रीय महासचिव शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य नोरी चौधरी, निर्देशक हेमराज भट्ट, कार्यक्रम अधिकृत शुद्धप्रसाद चौधरी, सहजकर्ता शोभा थापामगर, सिएफए जस्मिन शाह, श्रुती चौधरी, स्वयम् सेवकहरु जनक थापा, मिना घर्ती, तपेन्द्र मलाती, कृष्ण बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।