हात्तीपाइले रोग निवारणका लागि प्रशिक्षण


हात्तीपाइले रोग निवारणका लागि प्रशिक्षण

डुडुवा (बाँके) १६ फागुन : हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधी सेवन अभियान सफल पार्न बाँकेको डुडुवा गाउँपालिका सक्रियरुपमा लाग्ने बताएकोछ । अभियानलाई सफल पार्न गाउँपालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा गाउँपालिकाले यस्तो जनाएको हो ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आइतबार आयोजित कार्यक्रममा यस वर्ष सतप्रतिशत लक्ष्य हाँसिल गर्न हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाइने जनाएकोछ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हात्तीपाइले रोगबाट बच्नका लागि औषधीको सेवन गर्न सबैलाई अनुरोध गर्दै गाउँटोलका आम नागरिकलाई औषधीको फाईदा र सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताए ।

नागरिक सचेतनाका लागि हामी सबै जनप्रतिनिधी, शिक्षक, नागरिक अगुवाको भुमिका बढी प्रभावकारी भएकाले यो अभियानलाई सफल बनाउनमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्वास्थ्य कार्यलय बाँकेका प्रमुख धीरजंग शाहले निर्धक्कका साथ औषधी सेवन गर्न आग्रह गर्दै कुनै पनि भ्रमका पछि नलाग्न अनुरोध गरे । उनले विगत वर्षदेखि नियमित रुपमा कार्यक्रम सञ्चालन भएपनि बाँके जिल्लाले सतप्रतिशत उपलब्धी हाँसिल गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस वर्ष लक्ष्य हाँसिल गर्नमा सबैको भुमिकाको आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले औषधी सेवनका बारेमा प्रस्तुतीकरण गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, शिक्षक, कर्मचारी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

बाँकेमा यही चैत्र २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ । डुडुवा गाउँपालिकाले अहिलेसम्म ७७ प्रतिशत उपलब्धी हासिल गरिसकेको छ भने सतप्रतिशत लक्ष्य हासिल गर्न यस वर्ष २२ प्रतिशत पुरा गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

उनका अनुसार डुडुवाका करिब ४४ हजार नागरिकलाई औषधी खुवाइने छ । भने त्यसका लागि ४२ जना कर्मचारी र ६० जना महिला स्वास्थ्य स्वयम्सेविका खटाइने छ ।