‘छपाक’मा यस्तो देखिइन दीपिका


‘छपाक’मा यस्तो देखिइन दीपिका

नेपालगन्ज: भनिन्छ भारतीय कलाकारहरु कुनैपनि भूमिकाका लागि माहिर  हुन्छन् । उनीहरु आफूलाई सो भूमिकामा दुरुस्तै उतार्न अब्बल हुन्छन् ।
कथाले मागेको भूमिकामा कडा मेहनत गरि आफ्नो उत्कृष्ट प्रस्तुती दिने भारतीय रङ्गमञ्चका कलाकारहरुमा पनि एक पछि एक सार्वजनिक भइरहेकाबेला एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित ‘छपाक’ नामक सिनेमामा दीपिका पादुकोण मूख्य भूमिकामा यस्तै देखिदैंछ ।

सोही सिनेमाको फस्ट लुक सार्वजनिक भएपछि यतिखेर बलिउडमात्र नभई कलिउडमा पनि यसले राम्रो चर्चा बटुलिरहेकोछ । दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गर्दै सो वास्तविक जिवनीमा आधारित चलचित्र खेल्न लागेको बताएकी छिन् । मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ । सिनेमामा उनलाई मालती नामक पात्रमा देखिनेछिन् ।

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित सिनेमा हो । उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए । सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् । हाल सिनेमाको सुटिङ दिल्लीमा भइरहेको छ । सेलेक्टेड मुभि हेर्नेहरुका लागि यो एउटा प्रतिक्षित चलचित्र बन्नेमा धेरै आशाबादी छन् ।