७३ जना संक्रमित थपिँदा ३ जनाको मृत्यु


७३ जना संक्रमित थपिँदा ३ जनाको मृत्यु

नेपालगन्ज १७ फागुन : नेपालमा थप ७३ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको पीसिआर परीक्षण गरिएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ६५ हजार ९ सय ८५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७७ पुगेको छ । हाल ६१ जना क्वारेन्टिनमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।