पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएन, ७८ संक्रमित थपिए


पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएन, ७८ संक्रमित थपिए

नेपालगन्ज १८ फागुन : नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ९ सय ७४ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ७० हजार १ सय १२ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५८ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।