सभामुखसहित सांसदहरुले लगाउन थाले खोप


सभामुखसहित सांसदहरुले लगाउन थाले खोप

नेपालगन्ज १९ फागुन : संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको छ ।

सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरेका छन् । उनीहरुले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन शुरु गरेका हुन् ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाइनेछ ।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् । पुनःस्थापना पछि फागुन २३ गते संसद् बैठक बस्दैछ । संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आज, भोली र पर्सी खोप लगाउने व्यवस्था मिलाएको छ ।