नेपालगन्ज १९ फागुन : महाशिवरात्रि आउन एक हप्ता बाँकी रहदै यतिबेला काठमाण्डौं स्थित पशुपतिनाथ मन्दिरमा चहलपहल बढेको छ ।
महाशिवरात्रिकोे अवसर पारेर दिनहुँ ठूलोमात्रामा भारतबाट साधुसन्त र दर्शनार्थी भित्रिँदै छन् । शिवरात्रिका लागि भारतबाट हालसम्म तीन सय साधुसन्त आइसकेको र दुई हजारभन्दा बढी साधुसन्त आउने तयारीमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रिका लागि कोषले तयारी थालेको बताए । उनले आजसम्म तीन सय साधुसन्त दर्शनको लागि पशुपतिमा आइसकेको र बाँकी दुई हजार आउन लागेको जानकारी दिए ।
‘विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थी घट्ने अनुमान गरेका छौँ । कोरोना महामारीका कारण यतिखेर पशुपतिमा अहिलेभन्दा दोब्बर साधुसन्त भित्रिसक्थे,’ उनले भने, ‘तर, यसपालि कमै मात्रामा भित्रिएका छन् । नेपालका बाहिरी जिल्लाबाट आउने दर्शनार्थीहरु बढेका छन् भने भारत र तेस्रो मुलुकबाट पशुपतिमा भित्रिने कमै छन् ।’
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू