नेपाल औषधि थोक व्यवसायी संघ बाँकेकोे नेतृत्वमा जयदेव


नेपाल औषधि थोक व्यवसायी संघ बाँकेकोे नेतृत्वमा जयदेव

नेपालगन्ज १९ फागुन : नेपाल औषधि थोक व्यवसायी संघ, बाँके शाखाको अध्यक्षमा जयदेब अवस्थीलाई चयन गरिएकोछ ।

जयदेवको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएकोछ । औषधिको थोक व्यवसायिको भेलाले नेपाल औषधि थोक व्यवसायी संघ, बाँके शाखाको उपाध्यक्षमा प्रदीप कुमार गुप्ता, महासचिवमा सन्तोषबाबु सुबेदी, सचिवमा रबिन्द्र हमाल र कोषाध्यक्षमा प्रभाकर श्रेष्ठलाई चयन गरिएकोछ ।

यस्तै संघको सदस्यहरूमा हंसराज खड्का, विनय रस्तोगी, श्रीरमण खनाल, बिकास खड्का, रामनाथ थारु र कालुराम थारु सदस्यमा चयन भएका छन् ।

नेपालभर औषधीको थोक ब्यबसायी गरिरहेका थोक औषधि ब्यबसायी संघहरुको छाता संगठन नेपाल औषधि थोक ब्यबसायी संघ केन्द्रीय समितिले देशैभर आफ्नो शाखा विस्तारलाई निरन्तरता दिदैँ आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसाय प्रर्बद्धनमा उल्लेख्य काम गर्न सकोस भन्दै चयन भएको नयाँ कार्यसमितिलाई बधाई दिएका छन् ।