पत्रकार निशुको फोटो सर्वोत्कृष्ट


पत्रकार निशुको फोटो सर्वोत्कृष्ट

नेपालगन्ज १९ फागुन : अन्तरालको आयोजना र रक्षक सेक्युरिटीजको सहकार्यमा नेपालगन्जमा सम्पन्न ‘दोस्रो नेपालगन्ज फोटो फेस्टिवल’मा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ ।

अन्तरालले आयोजना गरेको २ दिन फोटो फेस्टिबलको बुधबार सम्पन्न प्रतियोगितामा बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको जोशीले खिचेको फोटोले सर्वोत्कृष्ट हुँदै नगद २५ हजार राशीको पुरस्कार जितेको हो ।

आयोजक अन्तरालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोेटोहरु समाबेश हुन पाउने गरी विभिन्न ६ बिधामा फोटो प्रतियोगिता आयोजना गरेको थियो । संस्कृति तथा पर्यटन, दैनिक जनजिवन, समाचार, नेपाल स्माईल , वन्यजन्तु तथा प्रकृति, खेलकुद र फोटो कथा गरि ७ विधामा करिब १ सय फोटोग्रफरहरुबाट झण्डै ४ सय फोटोहरु प्राप्त भएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

शाहका अनुसार फोटो फेस्टिबलमा राखिएका तस्बिरहरुमध्ये अमित रावलको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको दीक्षान्त समारोहमा मुस्कुराईरहेको प्रहरी फोटोले नेपाल स्माईल बिधाको बिजेता भएको छ, भने बरम बुढामगरको धार्मिकस्थल झिमा बराहक्षेत्र तस्बिरले संस्कृति र पर्यटन विधामा विजेता बन्न सफल भएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी दैनिक जनजिवन बिधामा मैत्या घर्तीमगरको चिसो भुईंमा बसेर परीक्षा दिँदै महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूको तस्बिर बिजेता बन्दा विक्रम बुढाक्षेत्रीको फुटबल खेलको तस्बिर खेलकुद बिधामा बिजेता भएको छ ।

यस्तै समाचार विधामा रामु ओलीको फोटोले पुरुस्कार जितेको छ । भने संस्कृति/पर्यटन विधामा बराम बुढामगरको फोटोले जितेको छ । यसैगरि वन्यजन्तु र पर्यावरण रोमीन चौधरीको फोटोले जितेको शाहले जानकारी दिए ।

यसरी प्रत्येक बिधाको उत्कृष्ट फोटो जित्ने फोटोग्राफरलाई नगद ५/५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले बताए ।

फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको अध्यक्षता भएको निर्णायक मण्डलले बिजेता सहित उत्कृष्ठ १ सय २ तस्बिरहरुको छनोट गरेको थियो । उक्त उत्कृष्ठ तस्बिरहरुको प्रर्दशनी होटल बाटिकामा फागुन १८ र १९ गते सम्म सञ्चालन गरिएको थियो ।

आर्शीवाद पेन्ट्स, डुडुवा गाँउपालिका, सिने रोयल, सफल मोटर पार्टस्, एचसीआरसी हस्पिटल लगायतको सहकार्यमा भएको फोटो फेस्टिबलमा उत्कृष्ट फोटोहरुको प्रर्दशनी तथा अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले फेस्टिवलले नेपालगन्ज सहरको महत्व र ईतिहासलाई जोगाउन सहयोग गर्ने बताए । उनले भने, ‘कुनै पनि सहर होस् या घटना । त्यसको आफ्नै एउटा ईतिहास हुन्छ । फोटो खिच्दाको क्षण पनि एउटा ईतिहास हो । जसले हाम्रो समाजलाई नयाँ कुरा सिकाउँछ ।’

नेपालगन्जमा महत्वपुर्ण अर्थ राख्ने घटनाको फोटोहरु निकै कम पाइने गरेको बताउँदै त्यसलाई आगामी दिनमा कम गर्न फेस्टिवलले सहयोग गर्ने शाहले बताए ।

उनले भने, ‘नेपालगन्जमा पुराना फोटो पत्रकारहरु पनि हुनुहुन्छ । तर, उहाँहरुले खिचेको फोटोहरु जोगाउन सकिएका छैन । हामीसँग २०६२–६३ को जनआन्दोलनकै धेरै फोटोहरु छैनन् । यस्ता ऐतिहासिक क्षणको फोटो जोगाउने प्रयास फेस्टिवलले गर्नेछ ।’

आगामी वर्षदेखी फेस्टिवल हरेक वर्षको फागुन ७ र ८ गते गर्ने शाहले बताए । हरेक वर्ष नेपालगन्जमा फोटो फेस्टिवल गर्दै आएको अन्तरालले आगामी वर्ष थप विधा थप्दै फेस्टिवललाई थप आर्कषक भब्य बनाउने प्रयासररत रहेको शाहले बताए ।