नेपालगन्ज २० फागुन : नेपालमा थप १ सय ७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पीसिआर परीक्षण गर्दा एक सय ७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ७९ हजार ४७ पुगेको छ ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५७ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?