नेपालगन्ज २१ फागुन: नेपालमा एक सय २० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुगेको छ ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५८ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’