शनिबार थपिए ४७ संक्रमित


शनिबार थपिए ४७ संक्रमित

नेपालगन्ज २२ फागुन : नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय १७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पीसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ८८ हजार ७ सय २५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५५ जना क्वारेन्टिनमा रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार यसबीच ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।