काठमाडौं २२ फागुन : कोरोना भाइरस विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउने भएकाछन् ।
प्रधानमन्त्री ओलीले भोली आईतबार कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले आईतबार (भोली) बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ ।
मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलीबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि शुरु हुनेछ ।
सरकारले (भोली) आईतबारबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्ष माथिकालाई कोरोना खोप दिने कार्यक्रम तय गरेकोछ ।