‘मैले खोप लगाएँ, कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर अभियान सफल पारौं,’ प्रधानमन्त्री ओली


‘मैले खोप लगाएँ, कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर अभियान सफल पारौं,’ प्रधानमन्त्री ओली

नेपालगन्ज २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आईतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

खोप लगाएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन् । खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताए ।

उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् ।

‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले खोप लगाइसकेपछि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने काम शुरु भएको छ ।