देशभर थप ६६ जनामा कोरोना पुष्टि


देशभर थप ६६ जनामा कोरोना पुष्टि

नेपालगन्ज २३ फागुन : देशभर थप ६६ जना कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको पीसिआर परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ९२ हजार ८ सय ३६ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५३ जना क्वारेन्टिनमा छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।