नेपालगन्ज २४ फागुन : भेरी अस्पताल नेपालगन्जलाई एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरिएकोछ ।
नेपालगन्ज स्थित भुषाल इन्टरनेशनलका सञ्चालक पार्थ भुषालले भेरी अस्पतालका लागि आवश्यक एम्बुलेन्स खरिदका लागि आवश्यक रकम सहयोग गरेका हुन् ।
उनले सोमबार एक कार्यक्रमकाबीच भेरी अस्पताल नेपालगन्जका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई ९ लाख ५६ हजार ६२४ रुपैँयाको चेक प्रदान गरेकाछन् ।
अध्यक्ष धितालले भुषालबाट सहयोग प्राप्त भएपछि प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरि एक महिनामा सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरे ।
अस्पतालका लागि प्रदेश सरकारले शव वाहन सहयोग गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष धिताल र मेसु थापाको पहलमा अस्पताललाई सुविधा सम्पन्न र विशेषज्ञ अस्पतालको रुपमा विकास गरिदैँछ ।
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’