८९ जना थपिए, ४१ जना डिस्चार्ज


८९ जना थपिए, ४१ जना डिस्चार्ज

नेपालगन्ज २४ फागुन : नेपालमा थप ८९ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९९ जनाको पीसिआर परीक्षण गरिएकोछ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ९७ हजार २ सय ३५ पुगेको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५५ जना क्वारेन्टिनमा रहेकाछन् । भने पछिल्लो २४ घण्टामा ४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।