५९ जना थपिदाँ एक जनाको मृत्यु


५९ जना थपिदाँ एक जनाको मृत्यु

नेपालगन्ज २५ फागुन : नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८७० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पीसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ९९हजार ९५० पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ ।

हाल ५६ जना क्वारेन्टिनमा छन् । भने पछिल्लो २४ घण्टामा ६० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको मन्त्रालयले जनाएको छ ।