बादी युवाद्वारा १२ बुदेँ नेपालगन्ज घोषणा–पत्र सार्वजनिक


बादी युवाद्वारा १२ बुदेँ नेपालगन्ज घोषणा–पत्र सार्वजनिक

नेपालगन्ज २५ फागुन : बादी समुदायका युवाहरूले प्रथम राष्ट्रिय बादी युवा सम्मेलन गरि नेपालगन्ज घोषणा पत्र सार्वजनिक गरेकाछन् । बादी समुदायका युवाहरूले आत्मसम्मानपूर्ण रुपमा सामाजिक जीवन बाँच्न नपाएको गुनासो गर्दै १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय बादी युवा सञ्जालकी अध्यक्ष देविसरा बादी, राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव नेपाली(बादी) र कमिट नेपाल, बाँकेका अध्यक्ष प्रकाश बादीद्वरा संयुक्त हस्ताक्षर गरिएको उक्त घोषणा पत्र जारि गरिएको हो ।

नेपालगन्जमा भएको प्रथम राष्ट्रिय बादी युवा सम्मेलनमा सहभागी युवाहरुले राज्यले बादी समुदायलाई अपहेलना गरेको भन्दै उक्त घोषणा पत्र जारी गर्न बाध्य भएको राष्ट्रिय बादी युवा सञ्जालकी अध्यक्ष देविसरा बादीले स्पष्ट पारिन ।

आइतबारदेखि नेपालगन्जमा भएको बादी समुदायका युवाहरुको प्रथम राष्ट्रिय युवा सम्मेलनको समापनमा सो घोषणा पत्र जारी गरिएको हो । मानव भएर पनि मानवको व्यवहार नपाएको भन्दै बादी युवा सञ्जालकी अध्यक्ष देवीसराले बादी समुदायमाथि समाजले गरेको विभेद बयान गरि साध्य छैन । पलपल हामीले विभेद अनि तिरस्कार खेपेर जिउनुपरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भनिन्, ‘नेपाली नागरिक भएर नेपाली नागरिकता प्राप्त गर्न नांगिएर आन्दोलन गर्नुपर्ने बाध्यता र विवशता छ । राज्यले नै बादी समुदायलाई मूलधारबाट किनारा लगाइरहेको छ ।’

यस्तै राष्ट्रिय युवा बादी सञ्जालका संयोजक केशव नेपाली(बादी)ले बादी समुदायका अधिकार स्थापित गर्न यो घोषणा पत्र जारी गरिएको हो । यो घोषणा पत्र कागजमा सिमित नरहने भन्दै उनले भने –घोषित गरिएका बुदाँलाई बादी समुदायको हक र अधिकारमा आधारित भइ अगाडी बढ्नेछौं ।’

यी हुन बादी युवाद्वारा सार्वजनिक नेपालगन्ज घोषणा पत्रमा उठाइएका मुद्दा

१. बादी समुदायका युवाहरु सशक्त भई सामाजिक न्याय आत्म सम्मा, सशक्तिकरण तथा रुपान्तरणका लागि कटिबद्ध भई अगाडी बढ्नेछौं ।
२. नेपालको संविधानको धारा ३१ अनुसार बादी समुदायका सबै युवालाई उच्च शिक्षासम्मको अध्ययन निःशुल्कको लागि राष्ट्रिय बादी युवा सञ्जालले सम्बन्धित सरकारी तथा गैर सरकारी निकायसंग वकालत गर्ने ।
३. राष्ट्रिय बादी युवा सञ्जालले नेपाल सरकारद्वारा पैदान गरिने सरकारी रोजगारीको क्षेत्रमा बादी समुदाय युवाहरुको लागि विशेष आरक्षणको ब्यवस्थाका लागि वकालत गर्ने ।
४. नेपालको संविधान २०७२ को धारा ४० मा राज्यले भूमिहिन बादीलाई कानून बमोजिम एकपटक भूमि सहित आवास उपलब्ध गराउनुपर्ने व्यवस्था भए अनुसार त्यसको कार्यान्वयनका लागि निरन्तर लवि, धर्ना र जुलुस गर्ने ।
५. २०६२ भाद्र ३० मा बादी समुदायलाई आमाको नामबाट नागरिकता प्रदान गर्ने सर्वोच्च अदालतको परमादेशलाई पूर्ण रुपमा कार्यान्वयनका लागि पहल गर्ने ।
६. बादी समुदायको आत्म सम्मानमा आँच आउने विभिन्न उपन्यास, साहित्य र फिल्म, लेख्ने र प्रकाशन तथा प्रशारण गर्नमा रोक लगाई आत्म सम्मानमा ठेस लाग्ने अपमानित अपशब्दहरु बोल्ने कार्य गर्ने ब्यक्तिलाई कारबाहीका लागि वकालत गर्ने ।
७. बादी समुदायभित्र भएका विकृती, विंसगतिको अन्त्यका निम्ति निरन्तर निगरानी गर्ने ।
८. बादी समुदायका युवाहरुको नेतृत्व विकास, सामाजिक न्याय, सशक्तिकरण र सहभागितको लागि जागरण अभियान सञ्चालन गर्ने ।
९. बादी समुदायका बाध्यात्मक यौन पेशामा संलग्न भएका र रहेका महिलाहरुलाई विशेष कार्यक्रम ल्याई अन्य एकल महिला सरह मासिक रुपमा एकल महिला सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि स्थानीय स्तरदेखि संघीय सरकारसंग निरन्तर वकालत, लवि, धर्ना, जुलुस तथा पत्रकार सम्मेलन आदि गर्ने ।
१०. कर्णाली प्रदेशमा भूमि स्वामित्व लगायत विभिन्न माग राखी गरिएको आन्दोलनले पेश गरेका मागहरुलाई सम्बोधन गरि कार्यान्वयनका लागि कार्यदल गठन गर्न वकालत गर्ने ।
११ समावेशी सिद्धान्तको आधारमा देशमा भउका विभिन्न राजनीतिक दल तथा नेपाल सरकारद्वारा गठित विभिन्न आयोग तथा समितिहरुमा सहभागिताका लागि पैरवी गर्ने ।
१२ बादी समुदायको बालबालिका तथा युवाहरुका लागि प्याब्सन, एनप्याब्सन र सरकारी विश्वविद्यालयहरुमा भउको आरक्षणलाई बादी विशेष बनाउनका लागि वकालत गर्ने ।