फेरि बाँकेमा कोरोबाट एक जनाको मृत्यु


फेरि बाँकेमा कोरोबाट एक जनाको मृत्यु

नेपालगन्ज २६ फागुन : कोरोना भाइरस संक्रमणका लागि सरकारले खोप लगाइरहँदा बाँकेमा एक संक्रमितको मृत्यु भएकोछ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजना महिलाको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका २० राँझाकी ५४ वर्षिया एक महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गर्दा उनलाई माघ ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

शुरुमा होम आइसोलेसनमा बसेपनि स्वास्थ्यमा सुधार नआउँदा उनलाई थप उपचारका लागि फागुन ६ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारका क्रममा ती महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ ।